यहाँहरु सबाइमा मेरो नमस्कार !

Heaven from all creatures hides the book of fate. All but the page prescribed, their present state:,

Friday, January 14, 2011

मैले रोजेको बाटो

आज मेरो सबै हराएको छ
आफु पनि लाग्छ,हराएको छु ।
सबै साथ दिनमा तत्पर छन
छन सोधी रहेका गुमेको छ के ?

आँफैलाई गुमेको छैन थाहा
किन की गुमेको छु खुद आँफै।
मेरा छन बिद्दुवान घनिस्टता
सबै बाटो खोज्ने बताउछन ।।

तर फरक छ हाम्रो बिचार  !

म चाहन्छु बिद्रोहको बन्दुक
ऊ चाहन्छ सम्बाहक्क कलम !
म चाहन्छु सोझा अनी गब्बर
ऊ चाहन्छ समान बराबर !!
सबै बाटो खोज्ने बताउछन !

उनिमा मेरो ठाउँनै  थिएन
त्यसैले हराउन वाध्य भएं ।
कलमको खेल अरुले  चाहे
बन्दुक्को खेल अपनाए मैले

अनी खोज्न थालेँ पिणित दु:खी
अनी प्रश्न गरेँ,आबस्यक्ता के ?
तिमीहरु के चाहन्छौ,अन्याय ?
यो थियो जवाफ ,परिवर्तन ।
भूमिसुधार्,समान अधिकार ।

त्यहीँ मेरो जितको रेखा कोरेँ
लक्षमण रेखाको कोरेँ नक्सा ।
त्यही रेखामा हराएको छु म
त्यही नक्सामा हराएको छु म 
आज मेरो सबै हराएको छ
आज मेरो सबै हराएको छ
                    क्रम:
 चन्द्र बहादुर कन्दङ्वा
  चुहान्डाडा ४ हात्तीखर्क
      तेह्रथुम
   हाल:- दोहा कतार 

                   

No comments:

Post a Comment