लिला श्रेष्ठ सुब्बा
नेपालको पहिलो महिला उपसभामुख लीला श्रेष्ठ सुब्बा (२००५-२०६७) थिइन । उनको जन्म २००५ सालमा ताप्लेजुङ को सिगैचा ९ साम्मागु पाँचपलेमा भएको थियो । उनका बाबु अम्बरबहादुर मेयाङ्वो र आमा सुकमती हुन् ।
राजनीतिक जीवन
विद्यार्थी रहँदै २०३६ सालदेखि कम्युनिष्ट पार्टीमा सक्रिय उनी २०५१ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर-१ बाट संसदमा विजयी भएपछि २०५५ सालसम्म उपसभामुख भएकी थिएन । पछिल्लो समयमा उनि एमाले केन्द्रीय कमिटी सल्लाहकार समेत रहेकी थिइन । ०४८ सालको पहिलो आमनिर्वाचनमा सुनसरीको क्षेत्र नं. २ बाट सांसदको प्रत्यासी रहे पनि विजयी भइनन । दोस्रो आमनिर्वाचनमा भने सुनसरीको क्षेत्र नं. १ बाट निर्वाचित भइन । ०५१ सालमा तत्कालिन उपसभामुख रामविलास यादवले राजिनामा दिएर उद्योग वाणिज्य मन्त्री भएपछि सुब्बा सर्वसम्मत उक्त पदमा निर्वाचित भइन । सुब्बाले औपचारीक रुपमा कम्युनिष्ट पार्टीको सदस्यता ०४७ पुसमा तत्कालिन माले पार्टीबाट लिएकी हुन् ।
साहित्यमा लीला
निधन
उनको निधन २०६७ असार २७ मा धरानमा भयो । उनी लामो समयदेखि स्नोफिल (दमको रोग)बाट पीडित थिइन । उनको परिवारमा पति ध्रुव श्रेष्ठ हुनुहुन्छ ।
