चुमेको छु जिबन साथी तिमीलाइ मात्र ।
बनाइदेउ केही मलाई तिम्रो मन भित्र ।।
सँगइ जिउने सँगइ मर्ने बाचाकसम खाउँ।
दु:ख पिडा सबै भुल्ने अमर प्रिती लाउँ ।।
तिमीलाइनै भेटु भेटु ,लाग्छ बोलु बोलु ।
तिम्रै काख्मा निदाउ म ,मन्को बह खोलु ।।
तिम्रा दु:ख सबै लीइ ,खुशी दिउ सटा ।
बनोस रङ मायाँको यो,अझै झनै गाढा ।।
अग्नीलाई साक्षी राखी ,खाइ दिउ कसम ।
तिमीलाई भुल्ने छैन,मेरी प्यारी खसम ।।
![]() |
| रचना :- मदन न्यौपाने {झापा} टाइपिङ :-चन्द्र लिम्बु |
नगरनुहै संका तिमीले , मेरो माया माथि ।
अझै विश्वाश नलागेमा,चिरी हेर छाती ।।
