आज मेरो सबै हराएको छ
आफु पनि लाग्छ,हराएको छु ।
सबै साथ दिनमा तत्पर छन
छन सोधी रहेका गुमेको छ के ?
आँफैलाई गुमेको छैन थाहा
किन की गुमेको छु खुद आँफै।
मेरा छन बिद्दुवान घनिस्टता
सबै बाटो खोज्ने बताउछन ।।
तर फरक छ हाम्रो बिचार !
म चाहन्छु बिद्रोहको बन्दुक
ऊ चाहन्छ सम्बाहक्क कलम !
म चाहन्छु सोझा अनी गब्बर
ऊ चाहन्छ समान बराबर !!
सबै बाटो खोज्ने बताउछन !
उनिमा मेरो ठाउँनै थिएन
त्यसैले हराउन वाध्य भएं ।
कलमको खेल अरुले चाहे
बन्दुक्को खेल अपनाए मैले
अनी खोज्न थालेँ पिणित दु:खी
अनी प्रश्न गरेँ,आबस्यक्ता के ?
तिमीहरु के चाहन्छौ,अन्याय ?
यो थियो जवाफ ,परिवर्तन ।
भूमिसुधार्,समान अधिकार ।
त्यहीँ मेरो जितको रेखा कोरेँ
लक्षमण रेखाको कोरेँ नक्सा ।
त्यही रेखामा हराएको छु म
त्यही नक्सामा हराएको छु म
आज मेरो सबै हराएको छ
आज मेरो सबै हराएको छ
क्रमश:
क्रमश:
चन्द्र बहादुर कन्दङ्वा चुहान्डाडा ४ हात्तीखर्क तेह्रथुम हाल:- दोहा कतार |