यहाँहरु सबाइमा मेरो नमस्कार !

Heaven from all creatures hides the book of fate. All but the page prescribed, their present state:,

Friday, February 4, 2011

गजल


चुनेको छु जिबन साथी तिमीलाइ मात्र ।
बनाइदेउ कैदी मलाई तिम्रो मन भित्र ।।
संगै जिउने संगै मर्ने बाचाकसम खाउँ।
दु:ख पिडा सबै भुली अमर प्रिती लाउँ ।।

तिमी लाइनै भेटु भेटु ,लाग्छ बोलु बोलु ।
तिम्रै काखमा निदाउ म,मन्को बह खोलु ।।
तिम्रा दु:ख सबै लीइ ,खुशी दिउ सारा ।
बनोस रङ मायाँको यो,अझै झनै गाढा ।।

अग्नीलाई साक्षी राखी,खाइ दिन्छु कसम ।
तिमीलाई भुल्ने छैन, शितल् मधु पवन ।।
नगर्नुहै संका तिमीले , मेरो माया माथि ।
अझै विश्वाश नलागेमा,चिरी हेर छाती ।।
                         मदन न्यौपाने
                                चकचकि-७ झापा