यहाँहरु सबाइमा मेरो नमस्कार !

Heaven from all creatures hides the book of fate. All but the page prescribed, their present state:,

Saturday, December 25, 2010

जीवनी

लिला श्रेष्ठ सुब्बा 




नेपालको पहिलो महिला उपसभामुख लीला श्रेष्ठ सुब्बा (२००५-२०६७) थिइन । उनको जन्म २००५ सालमा ताप्लेजुङ को सिगैचासाम्मागु पाँचपलेमा भएको थियो । उनका बाबु अम्बरबहादुर मेयाङ्वो र आमा सुकमती हुन् ।

राजनीतिक जीवन

विद्यार्थी रहँदै २०३६ सालदेखि कम्युनिष्ट पार्टीमा सक्रिय उनी २०५१ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर-१ बाट संसदमा विजयी भएपछि २०५५ सालसम्म उपसभामुख भएकी थिएन । पछिल्लो समयमा उनि एमाले केन्द्रीय कमिटी सल्लाहकार समेत रहेकी थिइन । ०४८ सालको पहिलो आमनिर्वाचनमा सुनसरीको क्षेत्र नं. २ बाट सांसदको प्रत्यासी रहे पनि विजयी भइनन । दोस्रो आमनिर्वाचनमा भने सुनसरीको क्षेत्र नं. १ बाट निर्वाचित भइन । ०५१ सालमा तत्कालिन उपसभामुख रामविलास यादवले राजिनामा दिएर उद्योग वाणिज्य मन्त्री भएपछि सुब्बा सर्वसम्मत उक्त पदमा निर्वाचित भइन । सुब्बाले औपचारीक रुपमा कम्युनिष्ट पार्टीको सदस्यता ०४७ पुसमा तत्कालिन माले पार्टीबाट लिएकी हुन् ।

साहित्यमा लीला

सुब्बा पूर्वी नेपालकी चर्चित कथाकार थिइन । फकल्यान्ड कथासंग्रह समेत प्रकाशित छ ।

निधन

उनको निधन २०६७ असार २७ मा धरानमा भयो । उनी लामो समयदेखि स्नोफिल (दमको रोग)बाट पीडित थिइन । उनको परिवारमा पति ध्रुव श्रेष्ठ हुनुहुन्छ । 

No comments:

Post a Comment